काठमाडौँ । मुलुकमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबार एकै दिन हालसम्मकै धेरै ३ हजार ४ सय ३९ जनामा कोभिड देखिएको हो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सक्रिय संक्रमित २५ हजार ७ पुगेका छन् ।
गत असोज ७ गते बसेको मन्त्रालयको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ को बैठकले सक्रिय संक्रमित २५ हजार नाघे स्थिति अत्यन्त जोखिमपूर्ण हुने भएकाले पुनः लकडाउन गर्न सिफारिस गरेको थियो । मुलुकमा देखिएको संक्रमण दर यस्तै रहे दुईरतीन दिनमै संक्रमित संख्या एक लाख पुग्ने विज्ञहरूले अनुमान गरेका छन् । हाल काठमाडौं उपत्यकामा संक्रमण संख्या र दर तीव्र देखिएको छ । बुधबारसम्म संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेकामा ३३ हजार ७ सय ५१ जना अर्थात् ३५।८० प्रतिशत काठमाडौं उपत्यकाका हुन् ।
देशभरको तुलनामा करिब २९ प्रतिशत अर्थात् २७ हजार ३ सय २ संक्रमित काठमाडौं जिल्लाका मात्रै छन् । पछिल्लो केही सातायता मुलुकमा दिनहुँ देखिने संक्रमितको आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन् । तीमध्ये ५ देखि ७ प्रतिशतको मात्र ‘ट्राभल हिस्ट्री’ छ । पीसीआर परीक्षण गरिएकामध्ये संक्रमणको दर ८.४६ प्रतिशत छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा -ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले अब उच्च रूपमा स्वास्थ्य सतर्कता अपनाउन सुझाएका छन् । उनका अनुसार उपत्यकामा समुदायमा संक्रमण गइसकेको प्राथमिक अवस्था छ । संक्रमण समुदायमा कस्तो अवस्थामा छ भन्ने कुरा प्रिभिलेन्स सर्भेको नतिजाले स्पष्ट पार्ने उनले बताए । हालसम्म यो सर्भे सुरु भएको छैन ।
‘काठमाडौंमा जहाँ परीक्षण गर्यो त्यहीं कोभिड देखिन्छ,’ डा. पाण्डेले भने, ‘तर संक्रमणको स्रोत थाहा पाउन गाह्रो छ ।’ उनका अनुसार राजधानीका केही निजी प्रयोगशालाले आफूकहाँ संकलन गरिएका स्वाबमध्ये ५० प्रतिशतसम्ममा कोभिड देखिएको बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ असोज २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण