काठमाडौं उपत्यकामा १६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, २१ असोज २०७७, १६ : ३६
काठमाडौं उपत्यकामा १६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँका १ हजार २९६, ललितपुरका २९३, तथा भक्तपुरका ९५ जनामा कोरोना संक्रमण देखिएको हो ।