डा. बाबुराम भट्टराईको आक्रोश : ‘भारतमा तमिलनाडु, बंगाल, पन्जाब जाती र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’

शहीदसँग क्षमायाचना

सफल खबर संवाददाता

बुधबार, २१ असोज २०७७, ०९ : ५२
डा. बाबुराम भट्टराईको आक्रोश : ‘भारतमा तमिलनाडु, बंगाल, पन्जाब जाती र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रदेशको नामाकारण जातीय आधारमा नभएको भन्दै सहिदसँग क्षमा मागेका छन् ।

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राखेकोमा असन्तुष्टि जनाउँदै भट्टराईले ट्विटर ट्वीट गर्दै सहिदसँग क्षमा मागेका हुन् । उनले ट्वीट गर्दै भनेका छन्– हिजो मगरात तमुवान ताम्सालिङ नेवाः स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी गण्डकी वागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो, ‘मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ’ सरी लली रोका,सुरेश वाग्ले।

उनले जाती, भाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई  भारत र अमेरिकाको उदाहरण हेर्न सुझाएका छन् । डा. भट्टराईले ट्वीटरमा लेखेका छन्,‘‘हाम्रा प्रदेशका नाम नदी, भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति-भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद,लोकतन्त्र र संघीयता हो ?’ 

उनले आक्रोश पोख्दै भनेका छन्, ‘‘भारतमा तमिलनाडु, बंगाल, पन्जाब आदि अधिकांश जाती र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’


 

प्रतिक्रिया दिनुहोस