काठमाडौं । पेट दुख्यो भनेपछि बाबुआमाले १४ वर्षकी छोरीलाई अस्पताल पुर्याए । चिकित्सकले परीक्षण गर्ने क्रममा उनी गर्भवती भएर बच्चा जन्माउने अवस्थामा पुगेको भनेपछि अभिभावक छाँगाबाट खसेजस्तै भए । बालिकाले अस्पतालमै शिशु जन्माइन् ।
बुझ्दै जाँदा पत्ता लाग्यो, बालिकालाई बलात्कार गर्ने अरू कोही नभएर आफ्नै काका ९२१ वर्ष० रहेछन् । सर्लाहीको उक्त परिवार पोखरामा दैनिक ज्याला मजदुरी गर्दै आएको थियो । दाजु–भाउजूकोमा बस्न आएका ती युवाले भतिजीलाई करणी गरेको खुलेको हो । बालिका कहिलेकाहीं विद्यालय जाने गरे पनि प्रायः बाबुआमासँगै मजदुरी गर्थिन् ।
प्रहरीका अनुसार गत मंसिरको पहिलो साता ती युवा पोखरा आएका थिए । पुस २ को राति साढे ९ बजेतिर कोठामा कोही नभएको मौका छोपेर काकाले भतिजीलाई जबर्जस्ती गरेको खुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । आरोपितलाई प्रहरीले पक्राउ गरेको खबर कान्तिपुरमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ असोज २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ
ओखलढुंगामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
किशोरीलाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ