अमेरिकाले छ वटा लडाकू जेट दक्षिण कोरिया पठायो

शुक्रबार, ०८ मंसिर २०७४, १६ : ४९
अमेरिकाले छ वटा लडाकू जेट दक्षिण कोरिया पठायो


अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि आगामी महिना छ वटा लडाकू जहाज दिने भएको छ ।

ती जेट विमानहरु अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न पठाउन लागिएको स्थानीय प्रशारक ‘वाईटिएन’ ले शुक्रबार दक्षिण कोरियाको एयर फोर्सलाई उद्धृतगर्दै जानकारी दिएको छ ।

दक्षिण कोरियाको योन्हाप समाचार समितिका अनुसार अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिवीरबाट कडेना एयर शिविर हुँदै दक्षिण कोरियास्थित दक्षिण कोरिया र अमेरिको संयुक्त सैन्य अभ्यास स्थलसम्म पुग्ने बताइएको छ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस