नेपालमा थप ९ जनाको मृत्यु, १५५१ जना संक्रमित हुँदा २३४० जना संक्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, २० असोज २०७७, १६ : २८
नेपालमा थप ९ जनाको मृत्यु, १५५१ जना संक्रमित हुँदा २३४० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा बितेको २४  घण्टामा १५५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ ।

यस्तै २४ घण्टामा २३४० जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । कुल संक्रमितमध्ये ६७ हजार ५४२ जना निको भएपछि नेपालमा हाल २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६३ पुगेको छ ।