अर्थमन्त्रीमा विष्णु पौडेल पक्का, सञ्चार र शहरीमा अन्यौल कायमै

मन्त्रिमण्डल पुनर्गठन आजै : तीन मन्त्री अहिले, अरु दशैपछि

सफल खबर संवाददाता

मंगलबार, २० असोज २०७७, १० : १४
अर्थमन्त्रीमा विष्णु पौडेल पक्का, सञ्चार र शहरीमा अन्यौल कायमै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तिन मन्त्री अहिले र अरु मन्त्री दशैपछि पुनर्गठन गर्ने भएका छन् । एक विश्वस्त स्रोतका अनुसार, ओलीले यस विषयमा पार्टीका कार्यकारी अध्यक्षसँग पनि सहमति गरिसकेका छन् । उपाध्यक्ष वामदेव गौतमको सर्वाेच्चमा मुद्दा हेर्दाहेदैंमा रहेको र त्यही बेला अदालतमा मुद्दा हेर्ने न्यायधिसलाई नै समेत पनि कोभिडको संक्रमण देखा परेपछि मुद्दा केही पछि धकेलिने भएको छ ।

मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड के हुने भन्नेमा कुनै टुंगो नलागेको कारण पनि अहिले रिक्त तीन मन्त्रालयमा मात्र नयाँ मन्त्री नियुक्त गरेर जाने र दशै पछि मात्र अन्य मन्त्रिमण्डल पुनर्गठन गरेर जानेमा दुई अध्यक्ष करिब सहमति नजिक पुगेको वालुवाटार स्रोतले बताएको छ । तर प्रचण्डको सचिवालयले भने यस विषयमा कुनै टिप्पणी गरेको छैन् । अहिले अर्थ, शहरी विकास र सूचना सञ्चार मन्त्रालय रिक्त छ ।

यो तीन मन्त्रालयमा आजै र नभए भोलि नयाँ मन्त्री आउने्छन् । जसमध्ये अर्थमा विष्णु पौडेल पक्का छन् । बाँकी दुईमा प्रधानमन्त्रीले नेताहरुले जान चाहेमा जर्नादन शर्मा र सुरेन्द्र पाण्डेलाई लान खोजेका छन् । तर पाण्डेले शहरीमा नजाने अर्थ पाए मात्र जाने अडान लिइ नै रहेका छन् । उनले अन्तिमसम्म यही अडानमा टिकिरहेमा ओलीले सहरी विकासमा प्रभु शाहलाई लैजाने सम्भावना देखिएको छ ।

सञ्चार भने ओलीले आफ्नै समुहभित्रबाट मात्र दिने चर्चा पनि चलेको छ । जर्नादन शर्मालाई सञ्चारमा लाने भन्ने पनि छ । तर बालुवाटार निकट एक नेताले सञ्चारमा शर्माले जाने रुची देखाएका छैनन् । शर्मा सञ्चारमा नगए उनी पनि दशैपछि पुनर्गठन हुने मन्त्रिमण्डलमा पर्न सक्नेछन् ।

दशैपछि मन्त्रालय टुक्रयाउने, केही मन्त्रीलाई झिक्ने र त्यसपछि मात्रै पूर्नगठनको सन्देश दिने ओली प्रचण्डबीच हिजोको समझदारी बनेको बताईएको छ । आजको सचिवालय बैठक पछि समय रहेमा आजै र नभए भोलि रिक्त तीनमा मन्त्रि नियुक्त हुने तयारी रहेको बालुवाटार स्रोतको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस