दशैं अघि : युवा विश्व गौडेलको ‘सुनरीमै’ बजारमा आँउदैं

सफल खबर संवाददाता

मंगलबार, २० असोज २०७७, ०८ : १६
दशैं अघि : युवा विश्व गौडेलको ‘सुनरीमै’ बजारमा आँउदैं

चितवन । अष्ट्रेलियामा बसेर पनि नेपाली गित संगितको संरक्षण र प्रर्बधनमा लागेका छन् गैडाकोटका युवा विश्व गौडेल । उनले नेपाली गित संगीत बिश्वमै उत्कृष्ठ रहेको भन्दै अस्ट्रेलियामा पनि नेपाली गित संगीतको संरक्षण र प्रर्वधनमा लागेको बताए ।

पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने  नेपाली गित संगित युवाहरुले भुल्न थालेको र पाश्चात्य संस्कृति हाबि हुदै जान थालेकाले नेपालि गित संगीतको संरक्षणका लागि यो म्यूजिक भिडियो सहितको गित बजारमा ल्याउन लागेको युवा विश्व गौडेलले बताए । गौडेलले नेपालि गित संगितको संरक्षणकै लागी पहिलो कोसेलीको रुपमा ‘सुुनरीमै’ बजारमा ल्याउने तयारी गरेका छन् । ब्लेक ब्रोस इन्टरटेनमेन्टले गीतकार गौडेलको पहिलो कोसेलीको रुपमा सुनरीमै बजारमा आउन लागेको जनाएको छ ।  

अष्ट्रेलियामा बस्दै आएका नवलपुर गैँडाकोटका युवा सर्जक विश्व गौडेलले दशै अगाडीनै यो गित आउने बताए । गितमा दिपक शर्माले संगीत दिएका छन् भने चर्चित कलाकारहरु प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन् ।  गितको म्यूजिक भिडियो समेत तयारी भईसकेको गौडेलले बताए ।  जिवन रसाईलीले निर्देशन गरेको भिडियोमा सामाजिक सन्जाल टिकटक बाट चर्चामा आएका  टीकटक स्टार प्रिन्सी, प्रिस्मा र नाजिर हुसेनको अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस