काठमाडौं उपत्यकामा १५३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, १६ : ३४
काठमाडौं उपत्यकामा १५३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँका ११७८, ललितपुरका २५०, तथा भक्तपुरका १०३ जनामा कोरोना संक्रमण देखिएको हो ।