नेपालमा थप १९ जनाको मृत्यु, २४४० जना संक्रमित हुँदा ११३३ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, १६ : २७
नेपालमा थप १९ जनाको मृत्यु, २४४० जना संक्रमित हुँदा ११३३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २ हजार ४४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार १३३ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । कुल संक्रमितमध्ये ६५ हजार २०२ जना निको भएपछि नेपालमा हाल २३ हजार ५०७ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५५४ पुगेको छ ।