सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ।
पूर्वअर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको पनि जिम्मेवारी समालेका छन्। खतिवडाको बहिर्गमनपछि नेकपाका नेता वामदेव गौतम, सुरेन्द्र पाण्डेलगायतको नाम पनि नयाँ अर्थमन्त्रीका रुपमा जोडिएको छ। तर प्रधानमन्त्री ओलीको चाहना पौडेलका पक्षमा देखिएपछि उनैको सम्भावना उच्च बनेको हो।
बालुवाटार स्रोतका अनुसार कोभिड महामारीले अर्थतन्त्र समस्यामा परेका बेला अनुभवी र मन्त्रालय हाँक्न सक्ने क्षमता भएका पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्छ भन्ने सुझाव आइरहेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टीका अर्का अध्यक्ष दाहालको समर्थन पाण्डेले पाएका छन्। तर प्रधानमन्त्री ओली पाण्डेलाई अर्थमन्त्री बनाउने पक्षमा छैनन्। ओलीले नचाहेसम्म पाण्डेको सम्भावना न्यून भएको र विकल्पमा पौडेल देखिएको स्रोतको दाबी छ। नगरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ असोज २०७७, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज
विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै
एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा
विष्णु पौडेललाई थप ३ दिनको म्याद थप
विष्णु पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने