आजको मौसम : देशभर सामान्य वर्षाको सम्भावना

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, ०७ : ५६
आजको मौसम : देशभर सामान्य वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  आइतबार मुलुकका केही स्थानमा वर्षा हुन सक्ने जनाएको छ । मौसमविदका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ ।

प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ ।   बंगालको खाडीको उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको महाशाखाले जनाएको छ।

आइतबार राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस