काठमाडौं उपत्यकामा ११७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, १७ असोज २०७७, १६ : ३२
काठमाडौं उपत्यकामा ११७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना संक्रमण देखिएको हो ।