नेपालमा थप ८ जनाको मृत्यु, २१२० जना संक्रमित हुँदा २०४४ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, १७ असोज २०७७, १६ : २५
नेपालमा थप ८ जनाको मृत्यु, २१२० जना संक्रमित हुँदा २०४४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २ हजार १२० जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८४ हजार ७५० पुगेको छ ।

यस्तै २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा कुल ६२ हजार ७४० जना संक्रमित निको भएका छन् । कुल संक्रमितमध्ये ६२ हजार ७४० जना निको भएपछि नेपालमा हाल २१ हजार ३०२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५२८ पुगेको छ ।