काठमाडौं । चार महिनासम्म जारी आन्तरिक विवाद समाधान हुन नपाउँदै पुनः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बल्झिएको छ ।
भदौ २८ मा सम्पन्न स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नियुक्ति पार्टीको परामर्शमा मात्र गर्ने निर्णय भए पनि महत्वपूर्ण नियुक्ति एकलौटी ढंगले अगाडि बढाएको भन्दै विवाद बल्झिएको छ ।
बिहीबार मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै परामर्श नै नगरी बेलायत र अमेरिकाको राजदूत नियुक्ति गर्न सिफारिस गर्ने निर्णय लिएका थिए ।
राजदूतलगायत महत्वपूर्ण नियुक्तिहरू एकलौटी ढंगले गरेको भन्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गर्दा पार्टीलाई प्रधानमन्त्री ओलीले जानकारी नगराएको एक सचिवालय सदस्यले बताए । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १६ असोज २०७७, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने