काठमाडौं । सप्तरीको बोदे बसाईन नगरपालिका–५ मा ट्रयाक्टरले ठक्कर दिँदा आज साँझ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बोदे बसाईन नगरपालिका–७ हैठीका २३ वर्षीय सुजितकुमार यादव रहेको प्रहरी कार्यालय बोदे बसाईनले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स१त ४६९३ नम्बरको ट्रयाक्टरले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बसाईनका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका धर्मेन्द्रकुमार यादव गम्भीर घाइते भएको र उहाँलाई उपचारका लागि बिराटनगरतर्फ पठाएको छ । घटनापछि चालक ट्रयाक्टर छाडेर भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ असोज २०७७, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना
प्रहरीले हानेको रबरको गोली लागेर दुई फोटो पत्रकार घाइते
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते