सरकारले गोविन्द केसीलाई भन्यो– यो बेला अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय होइन

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, १८ : ४४
सरकारले गोविन्द केसीलाई भन्यो– यो बेला अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय होइन

काठमाडौं । सरकारले अनशनमा बसेका डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । डा गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बसिरहेका छन् । 

प्रतिपक्ष नेपाली कांग्रेसले गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई भनिरहेको छ । तर केसीको माग सम्बोधन गर्न सरकार खोजीरहेको छैन । बिहीबार सरकारको निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताएका छन् । 

‘एकातिर चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु कोभिडबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ । यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र पक्कै पनि होइन’ मन्त्री ज्ञवालीेले भने । अहिले सबै कोभिड १९ रोगप्रति लड्नुपर्ने समय भएको हुनाले अन्य विषयमा सरकारले आफ्नो बलबुताले भ्याएसम्म गर्ने मन्त्री ज्ञवालीको भनाइ थियो । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै जुम्लामा अनशन बसेका डा गोविन्द केसी हाल  त्रिवि शिक्षण अस्पतालमा छन् ।

उनी १८ दिनदेखि अनशनमा छन् । उनी अनशन बसेपछि १८ औं दिनमा पहिलो पटक सरकारको धारणा आएको हो । डा केसीका धेरै माग पूरा भइसकेको सरकारको दावी छ । केही माग  पूरा गर्न बाँकी रहेको खण्डमा छलफल गर्न सकिने सरकारको भनाइ छ । 


 

प्रतिक्रिया दिनुहोस