कालोबजारी गर्नेलाई कारवाही गर्न महानगरको सिफारिस

सफल खबर संवाददाता

बुधबार, १४ असोज २०७७, १७ : १७
कालोबजारी गर्नेलाई कारवाही गर्न महानगरको सिफारिस

फाइल फोटो

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारवाही गर्न सिफारिस गरेको छ । 

महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसलहरुलाई कारवही गर्न सिफारिस गरेको हो ।

कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमनमा गरेको महानगरले उपत्यकाभित्रका २२ वटा पसल सञ्चालकलाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो । 

महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालिमाटि, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा दाल चामल लगायताका ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो । 

अनुगमनको क्रममा महानगरपालिकाले १ सय २९ मध्य २६ वटा उपोभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराई व्यावारमा भएको कसुरको आधारमा कारवाही गर्न विभागलाई लेखि पठाएको उपमेयर हरिप्रभा खड्कीले जानकारी दिइन् ।

उपमेयर खड्कीले अनुगमनको क्रममा म्याद गुजएिको सामान बेच्ने ११ वटा पसलबाट करीब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको पनि बताइन् । खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन दिएको समेत उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस