प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप हुने, बढुवाको दौडमा को–को ?

पत्रपत्रिकाबाट

बुधबार, १४ असोज २०७७, ०७ : ४३
प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप हुने, बढुवाको दौडमा को–को ?

काठमाडौं । सरकारले नेपाल प्रहरी ऐन र प्रदेश प्रहरी ऐन संशोधन अध्यादेश ल्याएपछि नेपाल प्रहरीमा ५ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप हुने भएको छ ।

नेपाल प्रहरीमा हाल रिक्त रहेको ३ डीआईजी र सरकारले थप गरेको ५ दरबन्दीसँगै ८ वटा दरबन्दी खाली भएका छन् । हाल मन्त्रिपरिषद्मा पुगेर बसेको थप दरबन्दीको निर्णय अब बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने भएको छ ।

८ दरबन्दी खाली भएपछि अहिले बढुवाका लागि दर्जनभन्दा बढी प्रहरी वरिष्ठ उपरीक्षक लागिपरेका छन् । बढुवाका लागि हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याजका केही एसएसपी दौडधूपमा लागेका छन् ।

डीआईजीका लागि एसएसपीहरू पुरुषोत्तम कँडेल, गणेश ऐर, डा. देवबहादुर बोहोरा, दिवेश लोहनी, उमेश रन्जितकार, हरिराज वाग्ले, पूजा सिंह, नलप्रसाद उपाध्याय, मसाउद आलम खाँ, राजेशकुमार लाल कर्णलगायतले योग्य उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गरेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस