कोहलपुर । बाँकेमा आज थप दुई जना कोरोना सङ्क्रमित मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिए ।
योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ असोज २०७७, १६ : ०५
लेखकबाट थप