अन्तःशुल्कको स्टिकर नेपालमै छापिँदै

पत्रपत्रिकाबाट

मंगलबार, १३ असोज २०७७, ०८ : ४७
अन्तःशुल्कको स्टिकर नेपालमै छापिँदै

काठमाडौं । नेपालमा पहिलोपटक अन्तःशुल्कको स्टिकर छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मद्रणालय (सेक्युरिटी प्रेस) मा करिब ७० करोड थान स्टिकर छाप्न लागिएको हो ।

केन्द्रले एक दुई दिनमा नमुना छपाइ गरेर स्वीकृत गराएपछि छाप्ने निश्चित भएको हो । केन्द्रका प्रवक्ता चित्र आचार्यले विभागको डिजाइनअनुसार नमुना स्वीकृत गराएपछि छपाइ शुरू गर्ने जानकारी दिए ।

विदेशी कम्पनीले छाप्दै आएको अति महत्वपूर्ण स्टिकरको छपाइको टेन्डर रद्द भएपछि जीटुजी प्रक्रियाअनुसार जनक शिक्षा सामग्रीलाई दिन लागेको होे । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस