CG Landmark

हजुरबुवादेखि छिमेकीसम्म बलात्कारमा संलग्न

पत्रपत्रिकाबाट

मंगलबार, १३ असोज २०७७, ०७ : १४
हजुरबुवादेखि छिमेकीसम्म बलात्कारमा संलग्न

काठमाडौं । बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले हजुरबुवादेखि बुवा÷झट्केलो बुवा, ससुरा, काका-मामा-ठूलोबुवा, चिनजानका व्यक्ति र छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र अपरिचित व्यक्तिबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो ।

Yeti Diistillery Tansen Cement box

आर्थिक वर्ष २०७६-७७ को तथ्यांकअनुसार सो आर्थिक वर्षमा देशभर २ हजार ४ सय ४९ वटा घटना भएकामा चिनेजानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी बलात्कारका घटना भएको छ । राजधानी दैनिकमा खबर छ ।