हुम्लामा थप दुईमा कोरोना

रासस

सोमबार, १२ असोज २०७७, २० : ४२
हुम्लामा थप दुईमा कोरोना

काठमाडौँ । हुम्लामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ४ मा एक २२ वर्षीया किशोरीमा कोरोना पुष्टि  भएपछि उनीको सम्पर्कमा आएको पिसिआर परीक्षण गर्दा दुई पुरुषमा आज पोजेटिभ देखिएको हो ।

बाँकेको नेपालगञ्जबाट समिट एयरको उडान मार्फत असोज ३ गते शनिबार  सिमकोट आएकी सङ्क्रमित किशोरीसँग आएका ती दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको जन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३५ र ३९ वर्षीय दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

अव जिल्लामा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । यस अघि सर्केघाड ५ गोठीकी २२ वर्र्षीया किशोरीमा पहिलो पटक कोरोना पुष्टि भएको थियो 

प्रतिक्रिया दिनुहोस