ओली–प्रचण्डबीच आज पनि छलफल

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, १२ : ४०
ओली–प्रचण्डबीच आज पनि छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । 

मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटाउन लगातार छलफलमा जुटेका उनीहरुबीच आज पनि छलफल भएको छ । 

सोमबार बिहान साढे ११ बजे अध्यक्ष प्रचण्ड ओलीसँगको छलफलका लागि बालुवाटार पुगेका हुन् । यसअघि बिहीबार, शुक्रबार र आइतबार भएको लगातारको छलफलमा पनि ठोस सहमति जुट्न सकेको थिएन । खासगरी मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रीमण्डल गठनमा ढिलाइ भएको हो । 

मन्त्रीमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रिहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस