CG Landmark

नगरकोटमा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम शुरु

रासस

आइतबार, ११ असोज २०७७, २१ : ०३
नगरकोटमा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम शुरु

काठमाडौं । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा आठौँ समूहको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम आजदेखि शुरु भएको छ ।

बलाधिकृत रथी प्रभुराम शर्माले  भर्चुअल माध्यमबाट तालीम शुभारम्भ गर्दै कार्यक्रम जटिल परिस्थिति र समयमा निर्णय लिन सक्ने भावी नेतृत्व उत्पादनमा निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

Yeti Diistillery Tansen Cement box

तालीममा ३०  महासेनानीको सहभागिता छ । उच्च तहमा जाने अधिकृतको वृत्ति विकासका लागि आवश्यक मानिने सो तालीम नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा माथिल्लो पनि हो ।

कोभिड –१९ को परिस्थितिलाई ध्यानमा राखी पूर्णरुपमा स्वास्थ्यसम्बन्धी सबै सुरक्षात्मक उपाय अपनाउँंदै सामाजिक दूरी कायम गरी तालीम सञ्चालन गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस