प्रधानमन्त्री ओलीले इश्वर पोखरेललाई बालुवाटार बोलाएर तीन घण्टा छलफल गर्दै के भने ?

ओलीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसँग शनिबार बालुवाटारमा झण्डै तीन घण्टा एक्लै मन्त्रिमण्डल पूर्नगठनका बारेमा छलफल गरेका छन्

सफल खबर संवाददाता

आइतबार, ११ असोज २०७७, ०९ : ०५
प्रधानमन्त्री ओलीले इश्वर पोखरेललाई बालुवाटार बोलाएर तीन घण्टा छलफल गर्दै के भने ?

काठमाडौं । सरकारका मन्त्रीहरु फेरिने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले कुनै नेतालाई बोलाएर छलफल गरे भने किन छलफल गरे होलान् ? के मन्त्रीमण्डलकै विषयमा छलफल भयो होला ? भन्ने आम जिज्ञासा स्वभाविक रुपमा उठने गर्छ ।

त्यसमाथी कुनै नेता वा मन्त्रीलाई एक्लै बोलाएर घण्टौ गफ कुनै नेताले गरे भने त्यसभित्र पक्कै पनि मन्त्रिमण्डल पूर्नगठनमै केन्द्रीत भएर छलफल भएको अनुमान जो कोहीले लगाउँछन् । पार्टीभित्र सहमति जुटेमा केही दिनभित्रै मन्त्रिमण्डल पूर्नगठन गर्ने सोचमा रहेका प्रधानमन्त्री केपी ओलीले शनिबार बिहानै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई बालुवाटार बोलाएर तिन घण्टा लामो छलफल गरेका छन् ।

स्रोतका अनुसार, उक्त छलफल पछि पोखरेल हँसिलो मुखमा बालुवाटारबाट वाहिरिएका छन् । कोभिडका बेला औषधी खरिद देखि यति समुहलाई पोस्ने र मनग्गे आर्थिक लाभहानीमा मुछिएका पोखरेल सरकारमा सबैभन्दा आलोचित र विवादित छन् । मन्त्रिमण्डल पूर्नगठनका बेला उनी सरकारमा रहलान्, नरहलान् भन्ने चासो आम मानिसमा छ । उनको छवि विवादमा परेपछि सरकारबाट बाहिरिन सक्ने अड्कलबाजी भएपनि ओलीले भने उनलाई सरकारबाट नहटाउने निर्णय लिईसकेका छन् ।

त्यही निश्र्कष प्रधानमन्त्रीले शनिबारको भेटमा पोखरेललाई सुनाएका थिए । तर पोखरेललाई अहिले सम्हालिरहेको रक्षा मन्त्रालयको जिम्मेवारी भने उनले दिन चाहेका छैनन् । पछिल्ला दिनमा सेनापतिसँग पोखरेलको बढेको टसलका कारण पनि उनलाई रक्षामन्त्रालयबाट अन्यत्रै सार्ने योजनामा ओली देखिएका छन् । त्यसो हुँदा उनलाई ओलीले कुन मन्त्रालय देलान् ?

त्यसको सुराक भने ओलीले स्यवं पोखरेललाई पनि दिएका छैनन् । अर्थ, रक्षा मन्त्रालयमा आँखा नलगाउन र अन्य मन्त्रालयमा राखेर आफुले सुरक्षित नै राख्न चाहेको सन्देश प्रधानमन्त्रीले पोखरेललाई शनिबारको भेटमा दिईसकेका छन् । पोखरेलले बिहान ९ देखि १२ बजेसम्म ओलीसँग भेट गरेका थिए ।

ओलीले पोखरेलसँग भेट गरेपछि अर्का मन्त्री भानुभक्त ढकालसँग पनि भेटवार्ता गरेका थिए । आफ्नो तर्फबाट निकट मन्त्रीहरुलाई बोलाएर उनले मन्त्रिमण्डल पूर्नगठनमा छलफल गरिरहेका छन् । ओलीले ढकालका सवालमा भने अहिले कुनै प्रतिक्रिया दिई नहालेको स्रोत बताउँछ ।

उनले उपप्रधानमन्त्री पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भने मन्त्रीमण्डलमा निरन्तरता दिने सन्देश दिईसकेका छन् । तर दुवै मन्त्रीलाई पदीय जिम्मेवारी भने हेरफेर हुन सक्ने र त्यसको मानसिकतामा रहन पनि आग्रह गरिसकेको स्रोतले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस