कोरोना संक्रमणबाट काठमाडौँमा सैनिक जवानको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १० असोज २०७७, १४ : १७
कोरोना संक्रमणबाट काठमाडौँमा सैनिक जवानको मृत्यु

काठमाडौँ । बझाङ जिल्ला घर भई काठमाण्डौं उपत्यकामा कार्यरत एक सैनिक जवानको कोरोना संक्रमणको कारण वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको छ । 

गत मंगलबार छारे रोगको लक्षण देखिएका ती सैनिक जवानलाई आकस्मिक रुपमा सघन उपचार कक्षमा भर्ना गरी उपचार गर्दागर्दै निजको मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

कोरोना संक्रमणबाट मृत्यु भएका सैनिकको गत बिहीबार स्वाव परिक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको थियो । यससँगै नेपाली सेनामा कोरोना भाइरस (कोभिड १९) को  कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

अहिलेसम्म नेपाली सेनामा कुल संक्रमित संख्या २ हजार १ सय ९७, निको भएकाहरुको संख्या ५ सय ३९ र सक्रिय संक्रमित संख्या १ हजार ६ सय ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस