रौतहटमा दम्पत्ती माथि आक्रमण, पत्नीको मृत्यु, पतिको आईसियूमा उपचार हुदै

सफल खबर संवाददाता

शनिबार, १० असोज २०७७, ०९ : ४६
रौतहटमा दम्पत्ती माथि आक्रमण, पत्नीको मृत्यु, पतिको आईसियूमा उपचार हुदै

गौर । रौतहटमा एक दम्पतीमाथि आक्रमण हुँदा पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते छन् । रौतहतको देबाही–गोनाही नगरपालिका–५ टिकुलियामा शुक्रबार राति भएको घटनामा  स्थानीय जगरनिया देवीको हत्या भएको हो । 

छिमेकी सोनियालाल मुखिया र उनका छोरा प्रदीप मुखियाले राति ४५ वर्षीय महेश तिवारी र पत्नी जगरनियादेवीलाई धारिलो हतियारले प्रहार गरेको स्थानीयले बताएका छन् । लास्थानीयका अनुसार उनीहरूबीच पुरानो रिसइबी थियो । घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सोनियालाल र प्रदीप भने फरार छन् ।

पतिपत्नी दुवैको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारका लागि वीरगन्ज लगिएकामा पत्नीको मृत्यु भएको इलाका प्रहरी देवाहीका प्रहरी निरीक्षक मेदानी साहले बताए । उनका अनुसार महेशको गम्भीर अवस्थामा आईसीयूमा राखेर उपचार भइरहेको छ । आरोपी मुखिया बाबुछोराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस