डब्लुएचओले भन्यो : ‘कोरोनाको खोप आउनु पूर्व २० लाख मानिसको ज्यान जान सक्छ’

एजेन्सी

शनिबार, १० असोज २०७७, ०८ : ५६
डब्लुएचओले भन्यो : ‘कोरोनाको खोप आउनु पूर्व २० लाख मानिसको ज्यान जान सक्छ’

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको प्रभावकारी खोप पत्ता लाग्नु पूर्व विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृतकको संख्या २० लाख पुग्न सक्ने चेतावनी  ले दिएको छ ।

डब्लुएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय रुपमा महामारीविरुद्ध एकीकृत र प्रभावकारी काम नभएमा ज्यान गुमाउनेको २० लाख सम्म पुग्न सक्ने बताएका हुन् । 

संक्रमण फैलिने क्रमम निरन्तर जारी रहँदा विश्वभर संक्रमितको संख्या तीन करोड २० लाख भन्दा बढी पुगेको छ । भने विश्वभर मृत्यु हुनेको संख्या १० लाख कटेको छ ।  अहिलेसम्म अमेरिका, भारत र ब्राजिल विश्वका सबैभन्दा बढी प्रभावित देश हुन् । यी तीन देशमा गरेर एक करोड ५० लाख भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

डा. रायनले भनेका छन्, ‘समग्रमा निकै फराकिलो क्षेत्रमा चिन्ताजनक रुपमा संक्रमण फैलिरहेको हामीले देखेका छौँ ।’ उनले युरोपियनहरुलाई लकडाउनको अवस्था पुनः आउन नदिनका लागि पर्याप्त काम गरे–नगरेको आफैलाई सोध्न आग्रह गरेका छन् ।

उनले परीक्षण तथा ट्रेसिङ्ग, क्वारेन्टिन र सामाजिक दूरीसहितका उपायहरु अपनाउन मुख्य रुपमा जोड दिनु पर्ने र त्यसमा कुनै पनि हिसाबले कमी ल्याउन नहुनेमा जोड दिएका छन् ।  चीनको वुहान शहरबाट कोरोना भाइरस महामारीका संक्रमण फैलिएको थियो । 

प्रतिक्रिया दिनुहोस