बुटवल । यहाँस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक पुरुषको आज अपराह्न मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर आज नै कोरोना अस्पताल पुगेका बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको ३.४५ बजे मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरसहित सघन कक्षमा राखेर उपचार भइरहेका अवस्थामा मृत्यु भएको हो । उनी लामो समयदेखि मिर्गौलाको रोगी रहेको जनाइएको छ । यससँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ असोज २०७७, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा कोरोना संक्रमित भेटिएपछि नाकामा बढाइयो निगरानी
पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला
५ जना कोरोना संक्रमित थपिए