कोरोना भाइरस

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०९ असोज २०७७, १५ : ३०
धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना संक्रमितको मृत्यु भएको हो । अस्पतालका अनुसार सप्तरीको राजविराज ३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी १का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

निमोनियाका साथै ज्वरो आउने, खोकी लाग्ने र निमोनियाको साथै श्वासप्रश्वासमा पनि समस्या देखिएपछि ७० वर्षीय वृद्धलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले धरान रेफर गरेको थियो । गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा भदौ २५ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

यस्तै मोरङको कानेपोखरी १का ५५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको स्वास्थ्य प्रतिष्ठानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस