बलिउड लागु औषध प्रकरण : चर्चित नायिका दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अलि खान र रकुल प्रित सिंह माथि छानविन तिब्र

एजेन्सी

शुक्रबार, ०९ असोज २०७७, १० : २३
बलिउड लागु औषध प्रकरण : चर्चित नायिका दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अलि खान र रकुल प्रित सिंह माथि छानविन तिब्र

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणसंगै शुरु भएको छानविनमा लागुऔषधमा ओसारपसार तथा सेवनमा ठुला कलाकारहरु मुछिन थालेका छन् । बलिउडकर्मीको कनेक्सन देखिएपछि भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले छापा हान्ने, अनुसन्धानका लागि कलाकार बोलाउने र पक्राउ गर्ने गरि अनुसन्धानको दायरा बढाएको छ।

यसैबीच एनसीबीले बलिउडका चर्चित अभिनेत्रीहरुलाई सोधपुछका अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर, सारा अली खान र रकुलप्रीत सिंहमाथि छानविन तिब्र बनाएको छ । यि सबै अभिनेत्रीहरु बिच लागुऔषधका लागि भएको कुराकानी च्याट मार्फत सार्वजनिक भएपछि अधिकांश नायिकलाई एनसीबीले बयानका लागि उपस्थित बोलाएको छ । एनसिबीले आज शुक्रबार नायिका रकुलप्रीत सिंहलाई सोधपुछका बोलाएका छन् । यस अघि नायिक सिमान खंबाटा र सुशान्तकी पूर्व म्यानेजेर श्रुति मोदीलाई पनि सोधपुछ गरिसकेको छ । 

यसैबिच निकै चर्चित बलिउड अभिनेत्री दिपिका पादुकोणलाई भोली शनिबार सोधपुछका लागि बोलाईएको छ । त्यस्तै उनीसंगै अर्का अभिनेत्री श्रद्धा र सारालाई पनि भोलि नै बोलाईएको छ । सुशान्तको मृत्यु प्रकरणमा लागुऔषधको कनेक्सन देखिएपछि बलिउडका कैयौँ चर्चित कलाकारहरु एनसीबीको अनुसन्धानको दायरामा तानिएका छन्। सुशान्त गत जुन १४ मा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत अवस्थामा फेला परेका थिए।

एनसीबीले मंगलबार दीपिकाकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गरेको थियो। अनुसन्धानका क्रममा एनसीबीले उनको ह्वाट्सएप म्यासेजमा दीपिकासँग लागुऔषधको बारेमा कुराकानी भएको खुलेको थियो। जसमा ‘डी’ र ‘के’ कोड नाममा लागुऔषधको बारेमा कुराकानी भएको थियो। ‘डी’ दीपिकाको कोड नाम भएको बताइएको छ। यसअघि एनसीबीले लागुऔषध प्रकरणमा सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तीलाई गत सेप्टेम्बर ९ मा पक्राउ गरेको थियो। उनीमाथि सुशान्तका लागि लागुऔषधको जुटाउन काम गरेको आरोप छ।

रियामाथिको एनसीबीको अनुसन्धानपछि बलिउडका कैयौँ स्टार कलाकारहरु लागुऔषधको प्रयोगमा संलग्न भएको खुलासा भएको छ। वयानका क्रममा रियाले बलिउडका कैयौँ व्यक्तिहरुको नाम लिएको बताइएको छ।  एनसीबीको अनुसन्धानका क्रममा रियाले सुशान्तका लागि आफूले लागुऔषधको व्यवस्था गरेको स्वीकार गरेको स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफूले पनि लागुऔषधको प्रयोग गर्ने गरेको समेत स्वीकार गरेकी छन् । रियालाई थप अनुसन्धानका लागि भन्दै कारागारमा राखिएको छ । रियासंगै उनका भाई पनि कारागारमा नै राखिएको छ । रियामाथि लागु औषधसंगै सुशान्त सिंहको मृत्युको विषयलाई जोडेर सिबीआईले छानविन तिब्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस