जोखिमको बेवास्ता गर्दा पहिरोले १० को मृत्यु

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ असोज २०७७, ०७ : ३४
जोखिमको बेवास्ता गर्दा पहिरोले १० को मृत्यु

फाईल तस्वीर

पोखरा । पहिरोले थिचिएको छिमेकीको घरभित्रबाट ‘गुहार, गुहार’ को आवाज आएपछि दुर्गा लुइँटेल झसंग भए । एकछिनसम्म केही मेसो पाएनन् । ‘बचाऊ, बचाऊ’ भन्दै चलेको रुवाबासी बाहिरैसम्म सुनिन्थ्यो । उनीसँगै भएका अरू छिमेकीले पनि यताउता हेरे । उद्धार गर्ने ठाउँ भेटिएन । यत्तिकैमा लुइँटेलको खुट्टा कसैले समात्यो । टिन उठाएर हेर्दा १६ वर्षीया मनीषा नेपाली आधा पुरिएको अवस्थामा भेटिइन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पुरिएकाको खोजी गर्दै सुरक्षाकर्मीलगायत । तस्बिर स् निर्भीकनारायण भुर्तेलरकान्तिपुर टेलिभिजन
स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान खसेको पहिरोमा घरसँगै पुरिएका एकै परिवारका १० जनामध्ये मनीषाको मात्रै उद्धार भएको छ । अन्य ९ जनाको मृत्यु भएको छ । मनीषाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनको दाहिने खुट्टा भाँचिएकाले बिहीबारै शल्यक्रिया गरिसकिएको छ ।

६० वर्षकी सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षका दीपक, २१ वर्षीय कुलदीप, १९ वर्षीया विनीता, १४ वर्षका विक्रम, ९ वर्षका विवश, २८ वर्षकी उमाकला र ७ महिनाका समीर नेपालीको घटनास्थलमै मृत्यु भएको हो । सानी र माया धनबहादुर नेपालीका श्रीमती हुन् । उनीहरू माइतीमा पनि एकैघरका दिदीबहिनी हुन् । धनबहादुरको १० वर्षअघिमृत्यु भएको थियो । दीपक, कुलदीप, विक्रम र विवश मायाका छोरा हुन् । विनीता कुलदीपकी श्रीमती ९मायाकी बुहारी० र समीर छोरा हुन् । उमाकला सानी र मायाकी बहिनी हुन् ।

मायाका माइला छोरा भोजराज रोजगारीको सिलसिलामा भारतको मुम्बईमा बस्दै आएका छन् । एसपी बोगटीका अनुसार कुलदीप र विनीता भैरहवा बस्दै आएका थिए । उनीहरू बिहीबार भैरहवा जाने योजनामा थिए । कुलदीप भैरहवामा गाडी चलाउँथे । घाइते मनीषा मायाकी छोरी हुन् । लुइँटेलका अनुसार बिहान पौने ६ बजेतिर पानी झमझम परिरहेको थियो । एक्कासि ठ्लूो आवाज सुनियो । बाहिर निस्केर हेर्दा मायाको घर पहिरोले पुरिइसकेको थियो । हारगुहार गर्दै उनी र अन्य २०,२२ छिमेकी घटनास्थल पुगे ।

‘पुरिएको घरभित्रबाट ‘गुहार गुहार, बचाऊ बचाऊ’ आवाज आएको थियो, रुवाबासी पनि सुनिन्थ्यो,’ उनले भने, ‘कतै प्वाल भेटिएर उनीहरूलाई निकाल्न सकिन्छ कि भनेर प्रयास गरियो तर सकिएन ।’ भित्रको आवाज १० मिनेटपछि ओझेल परेको उनले बताए । ‘जिन्दगीमा यस्तो घटना पहिलो पटक व्यहोर्नुपर्‍यो,’ प्र्वूजनप्रतिनिधिसमेत रहेका ५० वर्षीय लुइँटेलले भने, ‘एक जनाबाहेक अरूलाई बचाउन नसक्दा थकथक लागिरहेछ ।’ झन्डै एक घण्टाको प्रयासबाट मनीषालाई जीवितै उद्धार गरिएको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस