विजयराम चमार मृत्यु प्रकरण : एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न निर्देशन

सफल खबर संवाददाता

विहीबार, ०८ असोज २०७७, १६ : १५
विजयराम चमार मृत्यु प्रकरण : एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न निर्देशन

काठमाडौं । रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजय राम चमारको मृत्यु प्रकरण छानविन गर्न गठित समितीले प्रतिवेदन बुझाएको छ । 

ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख (उप–सचिव) दोरेन्द्र निरौला नेतृत्वको छानविन समितीले एसपी रविराज खड्का सहितका प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ ।

छानविन समितिको सिफारिसका आधारमा एसपी खड्का र डिएसपी ज्ञानकुमार महतोलाई कारवाही गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता ९सह–सचिव० चक्रबहादुर बुढाले बताए ।  ‘प्रहरी नियमावलीअनुसार एसपी, डिएसपी र अन्य प्रहरी कर्मचारीलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाएका छौं’ सह–सचिव बुढाले भने–‘तीन जना प्रहरीलाई यसअघि नै निलम्बन गरिएको छ ।’ 

प्रतिक्रिया दिनुहोस