नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच मन्त्रीपरिषद् पुनर्गठनबारे बालुवाटारमा छलफल

सफल खबर संवाददाता

विहीबार, ०८ असोज २०७७, १३ : १८
नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच मन्त्रीपरिषद् पुनर्गठनबारे बालुवाटारमा छलफल

फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बालुवाटारमा छलफल भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच मन्त्रीपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।

गएको आइतबार बसेको सचिवालय बैठकले दुई अध्यक्ष तथा महासचिवलाई पार्टी एकताका बाँकी काम पूरा गर्ने प्रस्ताव तयार पार्न जिम्मेवारी दिएको थियो । बिहीबार बालुवाटारमा भएको शीर्ष नेताको बैठकमा सोही विषयमा समेत छलफल भएको स्रोत बताउँछ ।

मंगलबार बसेको सचिवालय बैठकले विविध विषयमा दुई अध्यक्षबीच कुराकानी गरेर सचिवालयमा पुुन छलफल गर्ने निर्णय भएको प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिएका थिए । सोहीअनुसार बिहीबार दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस