चितवन । अविरलको वर्षासँगै चितवन स्थित नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । बुधबार देखि लगातार परेको वर्षा पछि नारायणीमा पानीको बहाब बढ्दै गएको हो ।
देवघाट क्षेत्रमा रहेको जलमापन केन्द्रमा नदीको सतहले खतराको तह पार गरिसकेको छ भने नारायणगढ क्षेत्रमा सतर्कताको तह पार गर्दै खतराको तहतर्फ उन्मुख भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देवघाट क्षेत्रमा पानीको सतह ८.३ मिटरमा पुगेको छ। यो क्षेत्रमा ७.३ मिटरलाई सतर्कता तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ । नारायणगढको पुल्चोकस्थित नारायणी नदीको पुलमा पानीको सहत ११.३ मिटर पुगेको छ। ११ मिटरलाई सतर्कताको तह मानिएपनि अहिले खतरा तह पार गरिरहेको छ ।
निरन्तर वर्षासँगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई चितवन प्रशासनले सतर्क रहन अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ असोज २०७७, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
नारायणी नदीले सतर्कता तह पार गर्यो