आजको मौसम : अधिकांश स्थानमा झरीसँगै वर्षाको अनुमान

सफल खबर संवाददाता

विहीबार, ०८ असोज २०७७, ०७ : ५४
आजको मौसम : अधिकांश स्थानमा झरीसँगै वर्षाको अनुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसममा पुर्णतया बदली भई अधिकांश स्थानमा वर्षा भईरहेको जनाएको छ ।रातभरि पानी परिरहेको र  अहिले पनि देशका अधिकांश स्थानमा वर्षा भरहेको छ । 

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा निकै ठूलो वर्षा भैरहेको छ । बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

 भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र नेपाल तर्फ उत्तर–पुर्व सर्दैछ । सोही कारण देशभरको मौसम बदली भई वर्षा भएको मौसमविदले बताएका छन् । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने मौसमविदले जानकारी दिएका छन् । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस