‘जोकर’को सिक्वेल बनाउने तयारी

एजेन्सी

बुधबार, ०७ असोज २०७७, १४ : ३६
‘जोकर’को सिक्वेल बनाउने तयारी

हलिउड । जोकरको सिक्वेललाई लिएर फिल्मका निर्देशक, अभिनेता तथा निर्माताले सुरुमा कुनै योजना बनाएका थिएनन् तर फिल्म क्रिटकिल र कमर्सियल रूपमा सफल भएपछि उनीहरूले यसको सिक्वेल्स बनाउने संकेत गरिरहेका छन्। रिपोर्टअनुसार वाकिन फिनिक्सलाई जोकरको दुई सिक्वेल्सका लागि तीन सय ६७ करोड अफर गरिएको छ। 

टड फिलिप्सको निर्देशनमा बनेको हलिउड फिल्म ‘जोकर’ सन् २०१९ को सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म थियो। यसमा आफ्नो उत्कृष्ट अभिनयबाट दुनियाँभरका दर्शकको मनमा घर बनाएका अभिनेता वाकिन फिनिक्स छिट्टै जोकरको सिक्वेलका साथ आउने भएका छन्। वाकिनलाई जोकरको दुई सिक्वेल्सका लागि ५० मिलियन डलर अर्थात् तीन सय ६७ करोड प्रस्ताव गरिएको छ। 

वाकिन फिनिक्सलाई उनको अभिनयका कारण एकेडेमी अवार्ड प्राप्त भएको थियो। सन् २०२० को ओस्करमा फिल्म ११ अलगअलग विधामा नोमिनेट भएको थियो । यो फिल्मले एक बिलियनभन्दा धेरै कमाइ गरेको थियो। दी मिररका अनुसार वाकिन फिनिक्सले सुरुमा जोकरलाई एउटा ‘स्ट्न्ड अलोन फिल्म’ भनेका थिए तर पछि उनको धारणा फेरिएको थियो। अघिल्लो वर्ष भएको विवादका बीच पनि उनी यो रोल फेरि गर्न तयार भएका छन्। अहिले यसको स्क्रिप्ट लेखिँदै छ। वाकिन अहिले यसमा व्यस्त छन्। निर्देशक टाड फिलिप्स, अभिनेता वाकिन र निर्माता ब्रैडली कुपर आगामी चार वर्षभित्र जोकरका दुई सिक्वेल्स ल्याउने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस