कोरोना नियन्त्रणमा प्रभावकारी चिनियाँ मोडल

पत्रपत्रिकाबाट

बुधबार, ०७ असोज २०७७, ०७ : ५६
कोरोना नियन्त्रणमा प्रभावकारी चिनियाँ मोडल

काठमाडौं । पछिल्लो समय नेपालमाथि लाग्ने गरेको आरोप हो– चीनसँगको निकटता । अर्को छिमेकी भारतको मात्र नभएर शक्ति राष्ट्र अमेरिका र युरोपेली देशको मूल्यांकन पनि यही हो । नेपालको आन्तरिक राजनीतिमा पनि यो बहसको विषय बन्ने गरेको छ ।  

चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभमा आबद्धतासँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले समेत चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक विचारलाई पछ्याइरहँदा नेपालमाथि लाग्ने गरेको आरोप सत्यको निकट पनि देखिन्छ । सत्तारुढ नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीले दिने प्रशिक्षण ग्रहण गर्नेदेखि सरकार स्वयंले पनि चीनसँगको सम्बन्धलाई प्राथमिकता दिइरहेको अवस्था छ ।

पछिल्लो समय नेपालको आन्तरिक र सत्ता राजनीतिमा चिनियाँ राजदूतको सक्रियताले पनि यो कुरामा अझ बल पुगिरहेको छ । चीन–नेपाल सम्बन्धको निकटतालाई पुष्टि गर्ने अर्को एउटा विषय परराष्ट्र मन्त्रालयले हङकङका विषयमा चीनलाई समर्थन गर्दै जारी गरेको विज्ञप्ति पनि हो । अरूको आन्तरिक विषयमा खासै टिप्पणी नगर्ने नेपालले हङकङ मामिलामा चीनलाई खुलेरै समर्थन ग¥यो । यस विषयमा अमेरिका र युरोपेली मुलुकहरूको मतभिन्नता रहँदै आएको छ ।  

भारतसँग सीमा विवादलगायत कतिपय कारण तथा अमेरिकासँग गत वर्ष सत्तारुढ नेकपा नेतृत्वले भेनेजुयला, क्युवाका विषयमा दिएका अभिव्यक्ति र हाल एमसिसि कार्यान्वयनमा भइरहेको ढिलाइका कारण सम्बन्धमा चिसोपन देखिँदै आएको छ । संक्रमणकालीन न्याय निरूपणमा देखिएको ढिलासुस्तीका कारण युरोपेली मुलुक पनि नेपालसँग सन्तुष्ट देखिँदैनन् ।   नेपाल र चीनबीच छिमेकी सम्बन्धबाहेक सत्तारुढ दलबीचको वैचारिक निकटता र सरकारी तहमा पनि सहकार्य भइरहँदा कोरोना नियन्त्रणमा भने नेपालले चिनियाँ मोडेल पछ्याउन सकिरहेको छैन । चीनले कोरोनासँग लड्न नेपालसँग सहकार्य र सहयोग गर्न तयार रहेको बताइरहँदा नेपालमा भने संक्रमण दिनदिनै बढ्दै गइरहेको छ ।  

यसरी सम्भव भयो चीनमा कोरोना नियन्त्रण
गत डिसेम्बर ३१ मा चीनको बुहानबाट सुरु भएको कोरोनाबाट अहिले पूरै विश्व आक्रान्त भइरहेको छ ।  तर कोरोनाबाट सुरुमै प्रभावित बनेको चीन भने अहिले सामान्य अवस्थातर्फ उन्मुख छ । यसो हुनुको मुख्य कारण चीनले अपनाएको पर्याप्त सावधानी र संक्रमितको सही व्यवस्थापन हो ।

चीनको शीर्ष नेतृत्वले तत्काल प्रतिक्रिया जनाउनु, सरकारका सबै संयन्त्रले कोरोना नियन्त्रण तथा रोकथामका उपायसहित निकटतम सहकार्य गर्नु र संक्रमितलाई प्रभावकारी ढंगले वर्गीकरण गर्दै आइसोलेसनमा राख्नेलगायत काम गरेका कारण नियन्त्रणमा निकै ठूलो सहयोग पुगेको बताइएको छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस