काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका एक गोविन्दबहादुर बटाला ‘जीवित’ लाई सफाइ दिने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले अघिल्लो शुक्रबार पुनरावलोकनको निवेदन दर्ता गराएको छ ।
सर्वोच्च अदालतको फैसलामा नजिर उल्लंघन भए वा मुद्दा फैसलापछि महत्त्वपूर्ण प्रमाण भेटिए चित्त नबुझ्ने पक्षले पुनरावलोकनको निवेदन दिन पाउँछ । पुनरावलोकन प्रक्रियामा जानु भनेको फैसलाप्रति असहमति जनाउने अन्तिम विकल्प प्रयोग गर्नु हो ।
हत्यामा प्रत्यक्ष संलग्न नभएको भन्ने आधारमा सर्वोच्चले बटालालाई सफाइ दिएको थियो । उनी श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने काममा प्रत्यक्ष संलग्न रहेको बताइएको छ ।
फैसला न्यायाधीशहरू तेजबहादुर केसी र टंकबहादुर मोक्तानले गत फागुन १८ मा गरेका हुन् । अर्का आरोपित संकल्प भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरियो । बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् । पछिल्लो फैसलाले उनलाई ‘नैतिक पतन’ हुनबाट जोगाएको थियो । कान्तिपुरमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०४ असोज २०७७, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या