काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका एक गोविन्दबहादुर बटाला ‘जीवित’ लाई सफाइ दिने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले अघिल्लो शुक्रबार पुनरावलोकनको निवेदन दर्ता गराएको छ ।
सर्वोच्च अदालतको फैसलामा नजिर उल्लंघन भए वा मुद्दा फैसलापछि महत्त्वपूर्ण प्रमाण भेटिए चित्त नबुझ्ने पक्षले पुनरावलोकनको निवेदन दिन पाउँछ । पुनरावलोकन प्रक्रियामा जानु भनेको फैसलाप्रति असहमति जनाउने अन्तिम विकल्प प्रयोग गर्नु हो ।
हत्यामा प्रत्यक्ष संलग्न नभएको भन्ने आधारमा सर्वोच्चले बटालालाई सफाइ दिएको थियो । उनी श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने काममा प्रत्यक्ष संलग्न रहेको बताइएको छ ।
फैसला न्यायाधीशहरू तेजबहादुर केसी र टंकबहादुर मोक्तानले गत फागुन १८ मा गरेका हुन् । अर्का आरोपित संकल्प भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरियो । बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् । पछिल्लो फैसलाले उनलाई ‘नैतिक पतन’ हुनबाट जोगाएको थियो । कान्तिपुरमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०४ असोज २०७७, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण