काठमाडौं । बेलौरी नगरपालिका–८ पचुँईमा आज सशस्त्र प्रहरी बल नेपालको १४ औं बोर्डर आउट पोष्ट(बिओपी)को उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरीको अत्तरिया स्थित नं ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरिशङ्कर बुढाथोकीले बोर्डर आउट पोष्टको उद्घाटन गर्नुभएको हो ।
पोष्टको उद्घाटन गर्नुहँदै उहाँले राष्ट्रहितलाई सर्वोपरी ठानेर कार्य गर्नुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रका जनतालाई शान्ति सुुरक्षाको अनुभूति हुने गरी काम गर्नुर्ने बताउनुभयो ।
“सीमा अपराध रोक्नका लागि प्रभावकारी रुपमा कार्य गर्न कटिवद्ध हुनुपर्छ”, उहाँले भन्नुभयो, “यसका लागि २४ सै घण्टा नसुतेर सुरक्षा गर्न सधैं तत्पर हुनुपर्छ ।” उद्घाटन गरिएको बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक सुदीप कार्कीको कमाण्डमा ३५ जनाको टोलीलाई खटाइएको छ । यहाँको भारतसँगको सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १४ बिओपी छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०२ असोज २०७७, २१ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रको एक फौज २४ सै घण्टा सीमा गस्तीमा
नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४ सै घण्टा खुला
मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी मृत फेला
सशस्त्र प्रहरीको पोस्टमा आगलागी
सीमामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीको ध्यानाकर्षण
सशस्त्र प्रहरीमा इन्स्पेक्टर बाट डीएसपीमा बढुवा हुन ‘पोस्ट ग्र्याजुएट डिप्लोमा’ अनिवार्य