ऊर्जामन्त्री  पुनको  सुरक्षामा खटिएका एक जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, १९ : ५७
ऊर्जामन्त्री  पुनको  सुरक्षामा खटिएका एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा एक अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । 

उनका अनुसार शुक्रबार मन्त्री पुनरसहित पूर्वसभामुख ओनसरी घर्ती, परिवारका सदस्यका साथै सचिवालय तथा सुरक्षाकर्मीसहित २९ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।