पुराना कम्युनिष्ट नेता श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, १२ : २७
पुराना कम्युनिष्ट नेता श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक

चितवन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिका सल्लाहकार जगतबहादुर श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ । टाउकोमा गम्भीर चोट लागेको कारण उहाँको मस्तिष्कमा रगत जमेको छ । 

चितवनस्थित आफ्नै निवासमा लडेर घाइते हुनु भएका श्रेष्ठलाई तत्काल अस्पताल पु¥याइएको थियो । अस्पतालमा पुर्‍याउँदा आन्तरिक रक्तस्रावका कारण मस्तिष्कमा रगत जमेको थाहा भएको छ । ९२ वर्षीय श्रेष्ठको कमजोर शारीरिक स्वास्थ्यका कारण शल्यक्रिया सम्भव नरहेको जानकारी उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

समुन्नत समाज निर्माणका लागि निष्ठा र सक्रियतापूर्वक आफ्नो जीवनका सम्पूर्ण उर्जा खर्च गर्नुहुने कम्युनिष्ट आन्दोलनका अग्रणी श्रेष्ठले कहिल्यै कसैसँग कुनै पनि प्रकारको अपेक्षा राख्नु भएन । कुनै पद र सुविधाप्रति मोह देखाउनु भएन । 

नेपाल सरकारका तर्फबाट राष्ट्रिय जीवनमा विशिस्ट योगदान पुर्‍याए बापत सरकारले प्रदान गर्ने कुनै एउटा बिभुषण ग्रहण गर्न आएको प्रस्ताव समेत वहाँले अस्वीकार गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस