मास्कको बिसर्जनमा ध्यान नपु¥याउदा संक्रमण फैलिन सक्ने जोखिम बढ्दो‚ यसलाई रोक्न के कस्ता छन् त उपाय....

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, ०९ : ५३
मास्कको बिसर्जनमा ध्यान नपु¥याउदा संक्रमण फैलिन सक्ने जोखिम बढ्दो‚ यसलाई रोक्न के कस्ता छन् त उपाय....

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेसँगै अहिले देशव्यापी रुपमा मास्क लगाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । त्यसमा पनि कोरोना नियन्त्रण तथा रोकथाममा सामाजिक दुरीसँगै मास्क पनि अुचक औषधी जस्तै भएकाले सरकारले नै यसको प्रयोगमा अनिवार्य गर्न जोडबल गरिरहेको छ ।

यस्तै मास्क प्रयोगमा चितवन अग्रणी जिल्ला जस्तै भएको छ । यहाँ मास्क लगाउनेको संख्या दिन प्रति दिन  वृद्धि हुँदै गएको छ। तर मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृति पनि चितवनमा ह्वात्तै बढेको छ ।

नगर क्षेत्र देखि ग्रामीण भेग सम्मको सडक, गल्ली लगायत जहीतही प्रयोग गरिएको मास्क फालिएको देखिन्छ । यसरी फालिएको मास्कबाट सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ। यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ। यसरी मास्कको उचित प्रयोग र विसर्जन हुन नसक्दा संक्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् ।

मास्कको भित्री भागमा थुक, र्‍याल, सिगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्छ। कोरोना सङ्क्रमणसँगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ। आफू र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो। आम नागरिकले मास्कको उचित प्रयोग र विसर्जन नगर्दा यसको जोखिम बढ्न सक्ने देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले मास्क प्रयोग र विसर्जन राम्रो नभएको बताए। मास्क प्रयोगको बानी परिनसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनुपर्नेमा त्यस्तो कम देखिने गरेको उनको भनाइ छ। उनले भने‚ ‘कतिपयले बोल्दा मास्क खोल्ने गर्छन्। त्यो झन् खतरा हो।’ बोल्दा मुखबाट निस्किएको थुकको छिटा अरुलाई परेमा रोग सर्न सक्छ। अप्ठ्यारो शब्द उच्चारण गर्दा मानिसको मुखबाट थुकको छिटा निस्कन सक्ने प्रमुख तिवारीको भनाइ छ। 

मास्कको डोरी कानमा अड्याएपछि हातले नछुन विज्ञहरुको सुझाव छ। मास्कको बाहिरी भागबाट अझ बढी संक्रमित हुन सक्ने विज्ञहरु बताउँछन्। अन्य सङ्क्रमितसँग कुराकानी भएमा ती व्यक्तिको थुक आफ्नो मास्कको बाहिरी भागमा आएर बसेको हुन सक्ने प्रमुख तिवारीले बताए। 

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले मास्क जति बढी प्रयोग गर्‍यो, त्यति नै सङ्क्रमण हुने सम्भावना बढी हुने जानकारी दिए। यसको उचित व्यवस्थापन हुन नसकेमा संक्रमण फैलन सक्ने उनको भनाइ छ। ‘मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरुपमा स्यानिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्दछ,’ डा अग्रहरी भन्छन्, ‘मास्क खोल्दा कान पछाडिको डोरी समातेर कानबाट निकालेर बाहिरको भागलाई भित्र पारेर गोलो बनाएर बिर्को लगाएको डष्टविनमा हाल्नुपर्दछ।’

डष्टविन नभएमा प्लाष्टिकमा राम्रो गरी पोको पारेर घरबाट डष्टबिन भएको ठाउँमा विसर्जन गर्न उनले सुझाव दिए। मास्कमा किटाणु ३,४ दिनसम्म रहने उनको भनाइ छ। नेपाल चिकित्सक सङ्घ चितवनका सह सचिव समेत रहेका डा अग्रहरी मास्क जथाभावी फाल्दा सङ्क्रमण फैलन सक्ने सम्भावना बढी हुने बताउँछन्। 

प्रतिक्रिया दिनुहोस