लिमीमा पाँच महिनापछि नेट

रासस

मंगलबार, ३० भदौ २०७७, २१ : ३९
लिमीमा पाँच महिनापछि नेट

काठमाडौं । बिग्रेको पाँच महिनापछि हिमाल पारिको गाउँ लिमी उपत्यकामा नेट चलेको छ । हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका ६ को लिमीमा मर्मतपछि इन्टरनेट सेवा फेरि चलेको हो  ।

 इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले विस्तार गरेको इन्टरनेटमा आएको खराबीका कारण अवरुद्ध भएको नेट सेवा पाँच महिनापछि सञ्चालनाा आएको कम्पनीका हुम्ला प्रतिनिधि रामजन रावतले जानकारी दिनुभयो । 

 इन्टरनेटको डिभाइसमा आएको खराबीले अवरुद्ध भएपछि आफूहरु सम्बन्धित क्षेत्रमा पुगेर मर्मत गरेपछि नेट चलेको उहाँको भनाइ थियो ।
नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवाले राम्रोसंँग काम नगरेका अवस्थामा इन्टरनेट सेवा चले पनि चीनको सिमानासँग जोडिएका तीन गाउँ सञ्चार सम्पर्कमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस