काठमाडौं उपत्यकामा थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, ३० भदौ २०७७, १६ : ४६
काठमाडौं उपत्यकामा थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण देखिएको हो ।