भरतपुर महानगरमा ९२८ जना पुगे कोरोना संक्रमित

सफल खबर संवाददाता

मंगलबार, ३० भदौ २०७७, १६ : ३६
भरतपुर महानगरमा ९२८ जना पुगे कोरोना संक्रमित


चितवन । चितवनको भरतपुर महानगरपालिका आजसम्म ९२८ जना कोरोना संक्रमित पुगेका छन् । महिला ४१९ र पुरुष ५०९ जना संक्रमित भएका छन् । हालसम्म भरतपुर महानगरपालिकामा १८७ जना निको भइसकेका छन् । 

हाल सम्म स्वाव संकलन ३ हजार ९६४ भएको छ । भरतपुर महानगर स्वास्थ्य शाखाका अनुसार भरतपुर महानगरमा ३ हजार ५९५ स्वाब परीक्षण भएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले हालसम्म महानगरभित्र १० जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको जानकारी दिए । हालसम्म महानगरको वडा नं ११ मा मात्र ६ जना सङ्क्रमितको मृत्यु भएको उनले बताए । 

महानगरमा सक्रिय संक्रमित संख्या ७३१ पुगेको छ । होम आइसोलेसनमा रहेको संख्या ३४६ छ । जसमा महिला १५८, पुरुष १८८ रहेका छन् । हाल संचालनमा रहेका वडा क्वारेन्टिनको संख्या ३ रहेको छ । जसमा वेड संख्या  ६९ छ । वडा क्वारेन्टिनमा रहेका १६ जना छन् । भरतपुर महानगरले सञ्चालन गरेको बागेश्वरी आइसोलेसनमा ६३ जना रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस