नेपालमा थप ११ जनाको मृत्यु, १ हजार ४५९ जना संक्रमित थपिए, १ हजार ६२ जना निको भए

सफल खबर संवाददाता

मंगलबार, ३० भदौ २०७७, १६ : ३७
नेपालमा थप ११ जनाको मृत्यु, १ हजार ४५९ जना संक्रमित थपिए, १ हजार ६२ जना निको भए

काठमाडौं । नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३७१ पुगेको छ । यस्तै आज थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ६२ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । जसमध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किएका छन् ।