एकैदिन १ हजार ४५९ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ५६ हजार ७८८ नाघ्यो

सफल खबर संवाददाता

मंगलबार, ३० भदौ २०७७, १६ : २५
एकैदिन १ हजार ४५९ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ५६ हजार ७८८ नाघ्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४५९  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । जसमध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किएका छन् ।