नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ३० भदौ २०७७, १३ : ५२
नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु

पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् । 

उच्च ज्वरो, कडा निमोनिया र स्वासप्रश्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका  अस्पतालका वरिष्ठ चिकित्सक डा.उदयनारायण सिंहले जनाकारी दिए ।

सोही दिन ती महिलाकोे पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ । कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको डा.सिंहले जानकारी दिए । शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।